कला/साहित्य

निखिल उप्रेती ‘एक्सन मोड’ मा

अभिनेता निखिल उप्रेतीको अभिनय तथा निर्देशन रहेको चलचित्र ‘आचार्य’को टिजर मंगलबार सार्वजनिक भएको छ। करिब दुई मिनेट समय अवधि रहेको टिजरमा निखिलको एक्सन दमदार देखिएको छ।

यसमा निखिल निकै शक्तिशाली र आक्रामक देखाइएको छ। टिजरमा उनी दुई वटा पात्र निर्वाह गरेका छन्। एकमा उनी साधारण तथा कुनै धार्मिक व्यक्तिको भूमिकामा रहेका छन् भने अर्को पात्रमा उनी निकै आक्रामक अवतारमा देखिएका छन्।

टिजरबाट चलचित्रमा उच्च स्तरको स्टन्ट र द्वन्द्व रहेको अनुमान गर्न सकिन्छ। यसमा निखिलको फरक–फरक अवतार देख्न सकिन्छ।

टिजरमा देखाइएको ‘धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे’ लेखिएको ट्याटु र संवादले चलचित्रले सामाजिक न्याय र अधर्म विरुद्धको लडाइँलाई कथाको विषयवस्तु बनाएको अनुमान लगाउन सकिन्छ।

निखिल उप्रेती प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्र असोज ९ गते (सेप्टेम्बर २५) देखि प्रदर्शनको तयारीमा छ।

प्रकाशित: ९ भाद्र २०८३ १७:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App