मुम्बई– अभिनेत्री प्रियंका चोपडाले विवाहको बारेमा तत्काल केही नसोचेको बताएकी छन्। उनले आफ्नो लागि लयक केटा भेट्टाइ नसकेको बताइन्। मुम्बइको एक कार्यक्रममा उनलाई कान्छो भाइको बिहाको तयारी भइसक्दा पनि तपाईको कुनै सुरसार छैन? भनेर सहभागीहरुले प्रश्न गरेका थिए।यसको उत्तरमा उनले आफूले केही नसोचेको बताइन्। 'मलाइ अहिलेसम्म कोही खास लागेको छैन जसलाई जिन्दगीको मुख्य हिस्सा बनाउन सकुँ' प्रियंकाले भनिन्–'लाग्छ मेरो लागि कोही बनेकै छैन।'
अहिले प्रियंका भारतीय महिला मुक्केवाज एम सी मेरीकमको जीवनमा आधारित फिल्ममा काम गरिरहेकी छन्। यसलाई संजय लीला भन्सालीले बनाउँदैछन्। उनले यो फिल्म शारीरिक रुपमा आफ्नो जीवनको सबैभन्दा कठिन फिल्म भएको बताएकी छन्। प्रियंका अभिनित 'कृष ३' दीपावलीमा रिलिज हुँदैछ। फिल्ममा उनले ऋतिक रोशनकी श्रीमतीको भूमिका निर्वाह गरेकी छन्।
प्रकाशित: १४ कार्तिक २०७० ०३:०३ बिहीबार