कला

प्रसारण तयारीमा आमिरको 'सत्यमेव जयते'

मुम्बई– बलिउड अभिनेता आमिर खानले सञ्चालन गरेको टिभी शो 'सत्यमेव जयते'को दोस्रो भाग प्रसारण हुने तयारीमा पुगेको छ। गत वर्ष पहिलो भाग प्रसारण भएको यो सामाजिक विषयमा आधारित टिभी कार्यक्रमको दोस्रो भाग गत अगस्टतिरै सुरु हुने अनुमान थियो तर, 'धूम–३' फिल्मको सुटिङमा आमिर व्यस्त भएकाले कार्यक्रमको निर्माण कार्य स्थगित भएको थियो।निर्माताहरुले जनाए अनुसार कार्यक्रमका लागि आवश्यक रिसर्च सुरु भइसकेको र आगामी जनवरीको सुरुवातमा शो प्रसारण थालिने सम्भावना छ। 'आमिरले धूम–३ फिल्म र हाम्रो शोको काम एकैपटक गर्नेछन्,' स्रोतले बतायो।

स्टार प्लस र दूरदर्शन दुवै च्यानलमा आइतबार बिहान ११ बजे प्रसारण गरिएको 'सत्यमेव जयते'ले भारतीय समाजका लुकेर रहेका र चर्चित सामाजिक मुद्दालाई मार्मिक रुपमा प्रस्तुत गरेको थियो।

प्रकाशित: ७ कार्तिक २०७० ००:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App