कला

प्रधानमन्त्री पत्नी राधिकाको आत्मकथा ‘करुणा’ लोकार्पण

प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण भएको छ।

शनिबार राजधानीमा आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा लेखक शाक्य, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवाली, साहित्यकार अमर न्यौपाने र  गायिका आनी छोइङ डोल्माले उक्त पुस्तक लोकार्पण गरे।

प्रधानमन्त्री ओली र प्रथम महिला शाक्य दाम्पत्य जीवनमा बाँधिएको  ३७औँ  वार्षिकोत्सवका अवसरमा पाणिनी बुक्स प्रालिद्वारा प्रकाशित उक्त पुस्तकको लोकार्पण समारोहमा मन्त्रिपरिषद् सदस्यका साथै समाजका प्रतिष्ठित व्यक्तिहरु सहभागी थिए।

लेखक शाक्यले आत्मकथामा आफ्नो दृष्टि, भोगाई र अनुभूतिसँगै प्रधानमन्त्री ओलीको सङ्घर्ष, कठिनाई, सफलता र समाजसेवाका विषय समेटिएको बताइन्।

पुस्तकमा शाक्यको बाल्यकाल, पढाइ, जागिर र जीवनका उकालीओराली तथा नेता ओलीसँग विवाह बन्धनमा बाँधिएपछिका अनेक प्रसङ्ग उल्लेख छन्।

“न म साहित्यकार, न लेखिका हुँ। त्यहि पनि मनमा लागेका आफ्ना बिचारहरु कहिलेकाही लेख्ने गर्थे। त्यही सङ्ग्रलाई आज पुस्तकका रुपमा ल्याएको छु”, शाक्यले भनिन्,  “म बाल्यकालदेखि नै गरिब, दुःखी, रोगी असहायलाई देखेपछि चिन्तित हुन्थे। मैले प्रधानमन्त्री ओली, तत्कालीन समयको केपीसँगको विवाह पनि त्यहि करुणाले गरे।”

प्रधानमन्त्री ओली र धर्मपत्नी शाक्यबीच २०४४ साल आजकै दिन विवाह भएको थियो। त्यसवसरमा पाणिनी बुक्स प्रालिद्वारा अभिनन्दन पत्र समेत हस्तान्तरण गरिएको थियो।

 

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री पत्नी राधिका भन्छिन्: केपीजी मेहनती र कर्मठ व्यक्ति

 

प्रकाशित: १० फाल्गुन २०८१ १५:५१ शनिबार