कला

मिलि साइरसलाई चोरीको आरोप

यस्तो पनि!

ब्रुनो मार्सको ‘ह्वेन आइ वाज योर म्यान’ गीतको संगीत चोरी गरेको आरोपमा ३१ वर्षीया गायिका मिली साइरसमाथि मुद्दा परेको छ। उनीमाथि आफ्नो लोकप्रिय गीत ‘फ्लावर’मा ब्रुनोको संगीतको प्रभाव रहेको आरोप लागेको हो। तर, यी गायिकालाई स्वयं ३८ वर्षीय ब्रुनोले मुद्दा हालेका भने होइनन्, ब्रुनोका गीतहरूको साझेदार कम्पनी टिएमजेड मिलिले प्रतिलिपि अधिकार हनन गरेको आरोप लगाउँदै कानुनी उपचारका लागि गएको हो।

टिएमजेडले ‘फ्लावर’मा मिलिले धुनको लय मात्र होइन, हार्मोनी र कर्डको केही अंश पनि चोरेको आरोप लगाएको छ। यति मात्र होइन केही शब्द पनि लिइएको तर शब्द सापटीलाई कतै नखुलाइएको पनि भनिएको हो। टिएमजेडले कति रकम क्षतिपूर्ति दाबी गरेको छ, यो भने खुल्न सकेको छैन।

ब्रुनोले सन् २०१३ मा ‘ह्वेन आइ वाज योर म्यान’ ले सन् २०१४ को ग्रामी अवार्डमा मनोनयन भएको थियो भने सन् २०२३ मा मिलिएको ‘फ्लावर्स’ मा ग्रामीको मनोनयनमा पर्न सफल भएको थियो।

मिलि झन्डै एक दशकदेखि अन्तर्राष्ट्रिय सांंगीतिक टुरमा निस्किएकी छैनन्। उनले पछिल्ला आफ्ना अन्तर्वार्तामा आफू स्टारडमबाट टाढै बस्न चाहेको बताउने गरेकी छन्। आफू १५ वर्षकै छँदा रिहाना र बियोन्सेजस्ता प्रतिभासँग स्टेज सेयर गर्ने अवसर पाएको र अहिले आफूलाई स्टारको संसारले वैराग दिन थालेको उनको भनाइ छ। उनले गायिकाका रूपमा नभई अपरिचित व्यक्तिका रूपमा संसार घुम्न चाहेको पनि बताएकी छन्।

-द सनबाट

प्रकाशित: २ आश्विन २०८१ १०:४७ बुधबार

# Yasto Pani! # Miley Cyrus accused of theft