पर्सा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुशीलकुमार कानुले एक हजार ७७ मतसहित अग्रता लिएका छन्।
निर्वाचन अधिकृत मधुसुदन आचार्यका अनुसार यहाँ २३ सय ४७ मतगणना हुँदा नेकपा एमालेका उम्मेदवार रिमा यादवले ७४३, नेपाली कांग्रेसका अजयकुमार चौरसियाले ३३० मत पाएका छन्।
यहाँ विभिन्न दलका १७ र स्वतन्त्र १२ जना गरी ३१ उम्मेदवार प्रतिस्पर्धामा छन्। यसैगरी ९५ हजार १२० जना मतदाता रहेकामा यहाँ प्रत्यक्षतर्फ ६६ हजार ५७ र समानुपातिकतर्फ ६७ हजार ५७ मत खसेको छ।
प्रकाशित: २२ फाल्गुन २०८२ १४:३८ शुक्रबार