निर्वाचन विशेष

सिराहा-४ मा रास्वपाका तपेश्वर विजयी

सिराहा-४ बाट रास्वपाका उम्मेदवार तपेश्वर यादव विजयी भएका छन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार यादवले ३६ हजार २१० मत प्राप्त गरि निर्वाचित भएका हुन् । यादवले २८ हजार २९८ मत अन्तरले  नेपाली कम्युनिष्ट पार्टीका अजय शंकर नायकलाई  पराजित गर्दै विजय प्राप्त गरे । नायकले ७ हजार ९७२ मत मात्र प्राप्त गरेका छन् ।

प्रकाशित: २३ फाल्गुन २०८२ २२:५४ शनिबार