नेकपा (एमाले) का नेता महेश बस्नेतले छठ पर्वले समाजमा एकता र प्रेमको उज्यालो ल्याओस् भन्दै कामना गरेका छन्।
छठ पर्वको शुभकामना व्यक्त गर्दै उनले यस्तो कामना गरेका हुन्। उनले आस्थाको सूर्य, विश्वासको जल र समर्पणको संकल्पसँग जोडिएको छठ पर्वले सबैको जीवनमा ऊर्जा, समृद्धि र शान्ति ल्याओस् भनेका छन्।
'अर्घ दिइने अस्ताउँदो र उदाउँदो सूर्यका किरणहरूले परिवारमा स्वास्थ्य, सौभाग्य र सन्तोष भरिदिउन्,' बस्नेतले आज सामाजिक सञ्जालमा लेखेका छन्, 'नदी, ताल र घाटहरूमा देखिने श्रद्धा र शुद्धताको झल्को हाम्रो समाजमा एकता र प्रेमको उज्यालो बनोस्।'
प्रकाशित: १० कार्तिक २०८२ ०८:१८ सोमबार



