रोयल इन्फिल्ड नेपालले आयोजना गरेको ‘वन राइड’मा देशभरबाट १ हजार ५ सयभन्दा बढी राइडर सहभागी भएका छन्।
देशका विभिन्न स्थानमा एकैसाथ आयोजना गरिएको राइडमा काठमाडौंमा मात्रै ६ सयभन्दा बढी राइडर सहभागी भएका थिए। देशभरका २२ वटा अधिकृत डिलर लोकेसनबाट राइडरहरू कार्यक्रममा सहभागी भएका हुन्।
काठमाडौंमा आयोजित राइड कमलादीस्थित प्रज्ञा भवनबाट सुरु भएर गोदावरीस्थित बेस्ट वेस्टर्न प्लसमा पुगेर सम्पन्न भएको थियो।
राइडकै अवसरमा रोयल इन्फिल्ड नेपालले डाउन सिन्ड्रोम एसोसिएसन नेपाललाई २ लाख रुपैयाँ सहयोग गरेको छ।

अल्फा अटोमोटिभ प्रालिका निर्देशक मेघराज पौडेलले सहयोग रकमको चेक डाउन सिन्ड्रोम एसोसिएसन नेपालका प्रेसिडेन्ट रमेश तामाङ, भाइस प्रेसिडेन्ट डा. प्रभा मैनाली र आरके सिंहलाई हस्तान्तरण गरे।
चेक हस्तान्तरण गर्दै पौडेलले राइडिङलाई मोटरसाइकल र यात्रामा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्व र समुदायसँगको सहकार्यसँग जोड्दै लैजाने बताए। आगामी दिनमा पनि सामाजिक तथा सामुदायिक गतिविधिलाई निरन्तरता दिने उनले उल्लेख गरे।
कम्पनीका अनुसार ‘वन राइड’को उद्देश्य देशभर रहेका रोयल इन्फिल्ड राइडर तथा राइडर कम्युनिटीलाई एउटै प्लेटफर्ममा जोड्नुका साथै अनुभव आदानप्रदान र सुरक्षित तथा जिम्मेवार राइडिङ संस्कृतिलाई प्रोत्साहन गर्नु हो।
.jpeg)
रोयल इन्फिल्ड नेपालले राइडर कम्युनिटीलाई मोटरसाइकल र राइडिङमा मात्र सीमित नराखी सामाजिक गतिविधिसँग पनि जोड्दै आएको जनाएको छ।
‘प्योर मोटरसाइक्लिङ’ अवधारणाअन्तर्गत आयोजना गरिएको ‘वन राइड’ले देशभरका राइडरलाई एउटै अभियानमा जोड्नुका साथै स्थानीय समुदायसँगको सम्बन्धलाई समेत थप बलियो बनाएको कम्पनीको भनाइ छ।
कम्पनीले राइडिङलाई यात्रा मात्र नभई अन्वेषण, अनुभव र समुदायसँग जोडिने माध्यमका रूपमा अघि बढाउँदै आएको जनाएको छ। आगामी दिनमा पनि राइडर तथा स्थानीय समुदायसँग सहकार्य गर्ने सामाजिक गतिविधिलाई निरन्तरता दिने कम्पनीले जनाएको छ।
.jpeg)
प्रकाशित: ६ आश्विन २०८३ १५:५३ मंगलबार



