बजार

आजको विदेशी मुद्रा विनिमयदर हेर्नुहोस्

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १४१ रुपैयाँ ७० पैसा र बिक्री दर १४२ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिद दर १६४ रुपैयाँ ६७ पैसा र बिक्री दर १६५ रुपैयाँ ३७ पैसा, युके पाउन्ड स्टर्लिंग एकको खरिद दर १८६ रुपैयाँ ६५ पैसा र बिक्री दर १८७ रुपैयाँ ४४ पैसा, स्विस फ्र्याङ्क एकको खरिद दर १७८ रुपैयाँ ४७ पैसा र बिक्री दर १७९ रुपैयाँ २३ पैसा कायम गरिएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ९२ रुपैयाँ ६३ पैसा र बिक्री दर ९३ रुपैयाँ ०२ पैसा, क्यानेडियन डलर एकको खरिद दर १०१ रुपैयाँ ०४ पैसा र बिक्री दर १०१ रुपैयाँ ४७ पैसा, सिंगापुर डलर एकको खरिद दर १०९ रुपैयाँ १४ पैसा र बिक्री दर १०९ रुपैयाँ ६० पैसा तोकिएको छ।

जापानी येन १० को खरिद दर नौ रुपैयाँ १७ पैसा र बिक्री दर नौ रुपैयाँ २१ पैसा, चिनियाँ युआन एकको खरिद दर १९ रुपैयाँ ९६ पैसा र बिक्री दर २० रुपैयाँ ०४ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३७ रुपैयाँ ७८ पैसा र बिक्री दर ३७ रुपैयाँ ९४ पैसा, कतारी रियाल एकको खरिद दर ३८ रुपैयाँ ८८ पैसा र बिक्री दर ३९ रुपैयाँ ०४ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिद दर चार रुपैयाँ ३७ पैसा र बिक्री दर चार रुपैयाँ ३९ पैसा, युएई दिराम एकको खरिद दर ३८ रुपैयाँ ५८ पैसा र बिक्री दर ३८ रुपैयाँ ७५ पैसा, मलेसियन रिंगेट एकको खरिद दर ३४ रुपैयाँ २९ पैसा र बिक्री दर ३४ रुपैयाँ ४३ पैसा, साउथ कोरियन वन १०० को खरिद दर नौ रुपैयाँ ७८ पैसा र बिक्री दर नौ रुपैयाँ ८२ पैसा, स्वेडिस क्रोनर एकको खरिद दर १५ रुपैयाँ र बिक्री दर १५ रुपैयाँ ०६ पैसा र डेनिस क्रोनर एकको खरिद दर २२ रुपैयाँ ०५ पैसा र बिक्री दर २२ रुपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिद दर १८ रुपैयाँ २३ पैसा र बिक्री दर १८ रुपैयाँ ३१ पैसा, कुवेती दिनार एकको खरिद दर ४६१ रुपैयाँ ७४ पैसा र बिक्री दर ४६३ रुपैयाँ ७० पैसा, बहराइन दिनार एकको खरिद दर ३७५ रुपैयाँ ८४ पैसा र बिक्री दर ३७७ रुपैयाँ ४३ पैसा, ओमनी रियाल एकको खरिद दर ३६८ रुपैयाँ ०५ पैसा र बिक्री दर ३६९ रुपैयाँ ६१ पैसा रहेको छ। भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुन सक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित: १ मंसिर २०८२ ०६:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App