साताको पहिलो दिन आज (आइतबार) नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८२ हजार रुपैयाँ कायम भएको छ।
यसअघि सुन प्रतितोला दुई लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो कारोबार मूल्यको तुलनामा आज सुनको मूल्य प्रतितोला १२ हजार ५०० रुपैयाँले घटेको हो।
सुनसँगै चाँदीको मूल्यमा पनि ठूलो गिरावट आएको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला चार हजार ५४० रुपैयाँ तोकिएको छ। यसअघि चाँदी प्रतितोला चार हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो मूल्यको तुलनामा चाँदी आज प्रतितोला ३५५ रुपैयाँले सस्तो भएको हो।
प्रकाशित: ८ चैत्र २०८२ १०:४४ आइतबार



