स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा गिरावट देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला तीन लाख २० हजार ९ सय रुपैयाँ र चाँदीको मूल्य चार हजार ९६५ रुपैयाँ कायम भएको छ।
यसअघि बुधबार सुन प्रतितोला तीन लाख २२ हजार १०० रुपैयाँ र चाँदी चार हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो।
यसरी आज सुन प्रतितोला एक हजार २०० रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो।
प्रकाशित: ११ भाद्र २०८३ ११:०२ बिहीबार



