अपराध

यौन दुर्व्यवहारको आरोपित शिक्षकलाई तीन दिन म्याद थप

सिरहाको गोलबजार नगरपालिका-७ चोहर्वास्थित जनता नमुना माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका शिक्षकमाथि तीन दिनको म्याद थप भएको छ।

सिरहा जिल्ला अदालतले मंगलबार शिक्षक हरि श्रेष्ठमाथि अनुसन्धान गर्न तीन दिनको म्याद थप गरेको हो। प्रहरीले अनुसन्धानका लागि सात दिन माग गरेकोमा पहिलोपटक तीन दिनको म्याद दिएको अदालतले जनाएको छ। शिक्षक श्रेष्ठमाथि विद्यालयका १० जनाभन्दा बढी नाबालिका छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको आरोप छ।

यो विषयमा विद्यालयमा पटकपटक गुनासो गर्दा पनि सुनुवाइ नभएपछि विद्यार्थी र अभिभावकले सोमबार विद्यालयमा प्रदर्शन र ढुंगामुढा गरेका थिए। त्यसपछि श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रकाशित: २५ असार २०८२ ०८:५९ बुधबार

#NagarikNews #NepaliNews