अपराध

बर्दियाबाट लागूऔषधसहित चार जना पक्राउ

प्रहरीले लागूऔषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ।

जिल्लाको विभिन्न ठाउँबाट लागूऔषधसहित चार जनालाई प्रहरीले आइतबार पक्राउ गरेको हो।

गुलरिया नगरपालिका–७ स्थित कोठियागाउँबाट सोही ठाउँका २४ वर्षीय राहुल थारु र मनकामना टोलका २५ वर्षीय रञ्जित चौधरीलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ।

उनीहरूको दुवै जनाको साथबाट ९ सय ७० मिलिग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

यस्तै, राजापुर नगरपालिका–४ भन्सार चोक स्थितबाट वडा नम्बर ८ भोगपुरका २१ वर्षीय सीमान्त थारुलाई २ सय ६५ मिलिग्राम लागू औषधसहित प्रहरीले पक्राउ गरेको छ।

यस्तै बाँसगढी नगरपालिका–५ स्थितबाट बाँसगढी नगरपालिकाका १७ वर्षीय किशोरलाई ६ सय ९० मिलिग्राम लागूऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको छ।

चारै जनामाथि थप अनुसन्धान भइरहेको डिएसपी रेशम बोहराले जानकारी दिए।

प्रकाशित: ५ आश्विन २०८३ १७:३१ सोमबार