सुनसरी देवानगञ्जमा बुधबार बिहान अंश विवादमा आफ्नै छोराले छुरा प्रहार गरि बाबुको हत्या गरेका छन् ।
देवानगञ्ज वडा नं. ३ का ४० वर्षे मोहम्मद रियाज अन्सारीले ६० वर्षे बाबु सबिब अन्सारीको हत्या गरेका हुन् । बिहान ९:२० बजे छाती र ढाडमा छुरा प्रहारबाट सिकिस्त भएका सबिबको तत्काल उपचारका लागि विराटनगरको गोल्डेन अस्पताल लगेकोमा त्यहाँ पुर्याउन साथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।
डीएसपी एवम् प्रवक्ता योगराज खतिवडाका अनुसार छुरा प्रहार गर्ने मोहम्मदलाई नियन्त्रणमा लिइ अनुसन्धान थालिएको छ।
प्रकाशित: ७ श्रावण २०८२ १४:२२ बुधबार



