अपराध

कपडा व्यापारको आवरणमा सुनका गहना धितो लिएर चर्को ब्याज लिने व्यापारी पक्राउ

कपडा व्यापारको आवरणमा सुनका गहना धितो लिएर चर्को ब्याज लिने एक व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार शिव इम्पोरियमका सञ्चालक ६३ वर्षीय श्यामसुन्दर अग्रवाललाई ३ करोड रकम बराबरको सुन र नगदसहित पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले सोमबार साँझ उनको गोप्य कार्यालयमा छापा हानेको थियो। डिएसपी कवीन्द्रसिंह बोहोराले १८५ थान सुन तथा चाँदीका गहना बरामद गरिएको छ।  

उनको साथबाट सुनसँगै २ लाख १९ हजार ५०० नेपाली र ८ लाख ११ हजार ८०० भारतीय रुपैयाँ पनि बरामद गरिएको उनले जानकारी दिए। साथै, नगद रुपैयाँ गन्ती गर्न प्रयोग गरिने एक मेसिन पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: १९ जेष्ठ २०८३ ०८:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App