अपराध

बाजुरामा बाबु-छोरा मिलेर गरे एक व्यक्तिको ह'त्या

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा बाबु र छोरा मिलेर एक व्यक्तिको हत्या गरेका छन्।

ढुङ्गा प्रहार गरी स्थानीय ३५ वर्षीय सर्बाश बुढाको हत्या गरेको अभियोगमा प्रहरीले सोमबार बेलुकी बाबुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

स्वामीकार्तिक खापर गाउँपालिका-२, पुडेनीका ४० वर्षीय धनबहादुर महतरा र उनका १८ वर्षीय छोराले बुढामाथि ढुङ्गा प्रहार गरेका थिए। आक्रमणबाट गम्भीर चोट लागेका बुढाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

हत्याको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट मुक्तिकोटबाट खटिएको प्रहरी टोलीले मुख्य आरोपी धनबहादुरलाई घटनास्थल आसपासबाटै नियन्त्रणमा लिएको हो। घटनालगत्तै उनका १८ वर्षीय छोरा भने फरार भएका छन्।

हालसम्म हत्याको यकिन कारण खुल्न सकेको छैन। ‘फरार रहेका युवकको तीव्र खोजी भइरहेको छ, यस घटनाका सम्बन्धमा हामीले विस्तृत अनुसन्धान गरिरहेका छौं।’ प्रहरीले भनेको छ।

प्रकाशित: ३ चैत्र २०८२ १६:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App