पर्सा जिल्ला अदालतबाट विभिन्न मिति र समयमा दोषी ठहर भई फरार रहँदै आएका ३२ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ।
अदालतको फैसला कार्यान्वयन गर्ने सिलसिलामा जिल्ला प्रहरी कार्यालय पर्सा र मातहतका कार्यालयबाट खटिएको विशेष टोलीले उनीहरूलाई शुक्रबार पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार कैद असुल तथा फैसला कार्यान्वयन विशेष टोलीले विभिन्न मुद्दामा जरिवाना तोकिएका ती फरार प्रतिवादीहरूलाई समातेर पर्सा जिल्ला अदालतमा बुझाएको छ।
पक्राउ पर्नेहरूमा जालसाजी, कुटपिट, लुटपिट, बैंकिङ कसुर, चेक अनादर र सम्बन्ध विच्छेद जस्ता मुद्दाका प्रतिवादीहरू छन्।
प्रकाशित: ३० जेष्ठ २०८३ ११:५५ शनिबार