भिडियो

हरेक बेथितिको सरंक्षण प्रधानमन्त्रीबाटै भैरहेको छ: सतार

काठमाडाैं– नेपाल मुस्लिम संघका अध्यक्ष अब्दुल सतारले मुलुकमा व्याप्त बेथितिलाई प्रधानमन्त्रीलेनै संरक्षण गरेको आरोप लगाएका छन्।
'जहाँ अफ्ट्यारोपर्छ त्यहाँ प्रधानमन्त्री आफैं उभिदिनु हुन्छ। प्रधानमन्त्रीको गरिमा के हो?' सतारले प्रतिप्रश्न गर्दै भने,'बलात्कार भयो जनताले हामीलाई अनुसन्धान गर्ने दिएनन् भनेर प्रधानमन्त्री उभिनुहुन्छ। वाइडबडी काण्डमा आफैं अगाडि उभिएर भन्नुभयो यसमा कुनै भ्रस्टाचार भएको छैन भनेर। प्रेस काउन्सिल विधेयक हामीले पत्रकारितालाई स्वच्छ र मर्यादित बनाउन ल्याएको भनेर उभिनुहुन्छ। गुठी विधेयकमा यो हामीले व्यवस्थित गर्न ल्याएको भनेर उभिनुहुन्छ। सबै भ्रस्टाचार र बेथितिमाथि प्रधानमन्त्री आफैं गएर उभिदिनुहुन्छ। यो भन्दा ठुलो अधिनायकवाद अरु के हुन्छ?'

केपी शर्मा ओली नेतृत्वको सरकारले मुलुकमा राणा शासनको झल्को दिएको उनको भनाइ थियो।

सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विधेयकले पत्रकारिता क्षेत्रलाई झन् संकुचित पार्ने बताउँदै उनले भने-'यो विधेयकले संचारमन्त्रीले भने जस्तो पत्रकारिता क्षेत्रलाई व्यवस्थित बनाउँदैन। यहाँ त् पत्रकारको विवेकलाई समेत मार्ने काम हुँदैछ। टाउकोमा तरबार झुन्ड्याएर यो मुलुकमा पत्रकारिता हुँदैन।'  
   

प्रकाशित: ७ असार २०७६ १०:१४ शनिबार

वाइडबडी_काण्ड भ्रस्टाचार प्रेस_काउन्सिल_विधेयक अब्दुल_सतार