भिडियो

नेपाल बार एसोसिएसनको चुनावमा कसले मार्ला बाजी

नेपाल बार एसोसियसनको अध्यक्ष पदका लागि ८ जनाले उम्मेदवारी दिएका छन्। दुई प्यानल नै बनाएर अध्यक्षका लागि उम्मेदवारी परेको छ। 
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपानिकट कानुन व्यवसायीको संगठन नेपाल लयर्स एशोसिएसनले चण्डेश्वर श्रेष्ठको नेतृत्वमा प्यानल र विपक्षी नेपाली कांग्रेसनिकट डेमोक्र्याटिक लयर्स एसोसिएसन (डीएलए) सुनीलकुमार पोखरेलको नेतृत्वमा चुनावी मैदानमा उत्रिएको छ।

चैत १६ गते चुनाव हुँदै 
बुधबार सोसल इन्जिनियरिंग स्कूल नेपालले  काठमाडौंमा आयोजना गरेको खुल्ला बहसमा दुवै प्यानलका अध्यक्षका उम्मेदवारहरुले आआफ्ना विचार र सोधिएका प्रश्नका उत्तर दिएका थिए। यसैबीच दामोदर खड्काको अध्यक्षतामा बनेको निर्वाचन समितिले निर्वाचनको तयारी पूर्ण भएको जानकारी दिएको छ। 
देशभर कुल २५ पदका लागि ६३ जनाको उमेदवारी परेको छ। काठमाडौंसहित ३५ स्थानमा निर्वाचन हुँदै छ।

प्रकाशित: १३ चैत्र २०७५ १५:१५ बुधबार

बार_एसोसिएसन नेपाल_बार_एसोसिएसन चुनाव