खेल

सञ्जीव र सन्जितलाई दोहोरो पदक

पदक विजेता सन्जिव तामाङ (बायाँ) र सन्जिकुमार राई।

नेपालका सञ्जीव तामाङ र सन्जितकुमार राईले डब्लुएमएसी वर्ल्ड मार्सल आर्ट्स गेम्समा दोहोरो पदक जितेका छन्।

स्लोभेनियमा सेप्टेम्बर २३ देखि २५ तारिखसम्म सम्पन्न प्रतियोगिताको पुरुष १८ वर्षमाथि चाइनिज फम्समा ८.३ अंक जोड्दै सञ्जीव पहिलो भएको नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामाले जनाएका छन्। पोल्यान्ड दोस्रो तथा जर्मनी तेस्रो भए। सञ्जीवले लाइट कन्ट्याक्ट पुरुष ६५ केजीमुनि चेक रिपब्लिकका खेलाडीलाई हराउँदै कांस्य जिते। त्यस्तै भेट्रान पुरुष ३५ वर्षमाथि सन्जितले चाइनिज क्रिएटिभमा ९.२ अंक हासिल गर्दै स्वर्ण जिते। ट्रेडिसनल फम्समा सन्जितले थप एक कांस्य हात पारे।

प्रकाशित: १० आश्विन २०७९ ०१:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App