खेल

एसिया यु–१२ टिम टेनिस सोमबारबाट

नेपाल टेनिस संघको आयोजनामा सोमबारबाट आइटिएफ एसिया यु–१२ टिम टेनिस प्रतियोगिता, रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया हुने भएको छ। संघका महासचिव मनोहरदास मूलले प्रतियोगितामा दक्षिण एसियाका सातै राष्ट्रको सहभागिता रहने जानकारी गराए।

नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका र माल्दिभ्सबाट समान ३–३ ब्वाइज/ गर्ल्सले प्रतिस्पर्धा गर्नेछन्। पाकिस्तानबाट भने ३ ब्वाइजले मात्र खेल्नेछन्। टिम टेनिसमा २ सिंगल्स र १ डबल्स खेल हुनेछन्। नेपालबाट ब्वाइजमा वृजेश अर्याल, आद्रित नेपाल र असभसम्राट हाडा तथा गर्ल्समा शिभाली गुरुङ, प्राज्ना मानन्धर र कर्मिष्ठा नुगाह श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन्।

नेपालले तेस्रो पटक प्रतियोगिता आयोजना गर्न लागेको प्रतियोगिता निर्देशक अजय विष्टले जानकारी दिए। ब्वाइज/ गर्ल्समा पहिलो र दोस्रो हुने राष्ट्रले काजाकिस्तानमा हुने फाइनल प्रतियोगितामा सहभागिताको अवसर पाउनेछन्। पाँच दिने प्रतियोगिता सञ्चालन गर्न अनुमानित ८ लाख ८९ हजार ३ सय रूपैयाँ खर्च लाग्ने बताइएको छ। प्रतियोगिताका लागि आइटिएफ रेफ्री प्रवीणकुमार नायक र आइटिएफ प्रतिनिधि जोनाथन स्तब्स नेपाल आइसकेका छन्।

प्रकाशित: ३० जेष्ठ २०७९ ०२:२० सोमबार

नेपाल टेनिस संघ एसिया यु–१२ टिम टेनिस सोमबारबाट