खेल

पोखरामा आउटडोर कोर्टमा ह्याण्डबलको अन्तर्राष्ट्रिय प्रतियोगिता सम्भव

म्याट विछ्याईएको पोखरा रंगशालास्थित ह्याण्डबल कोर्ट। तस्बिर: नागरिक

अब पोखरामा ह्याण्डबलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्न सकिने भएको छ । अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघ (आईएचएफ)ले आउटडोर म्याट सहयोग दिएपछि पोखरामा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा सम्भव भएको हो। आउटडोर म्याटमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धालाई महासंघको स्वीकृति हुन्छ। महासंघको मान्यतासँगै पोखरामा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हुने एकमात्र कोर्ट बनेको हो।  

कास्की जिल्ला ह्याण्डबल संघले कोर्ट २०७० निर्माण गरेको हो। पोखरा रंगशालाभित्र संघले ७६ लाखको लागतमा ह्याण्डबल कोर्टसहित भौतिक पूर्वाधार तयार गरिएको संघका अध्यक्ष चित्र थापाले जानकारी दिए। ‘ह्याण्डबलको आउटडोर म्याट सहितको कोर्ट नेपालमै पहिलो हो,’ उनले भने–‘अब अन्तर्राष्ट्रिय प्रतिस्पर्धा पोखरामा आयोजना गर्न–गराउन सकिन्छ।’ म्याटलाई अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघले सहयोग दिँदा म्याट ढुवानीको लागि राष्ट्रिय खेलकुद परिषद, गण्डकी युवा तथा खेलकुद मन्त्रालय, नेपाल ह्याण्डबल संघ तथा कास्की जिल्ला ह्याण्डबल संघले आर्थिक सहयोग जुटाएका थिए। उनका अनुसार गण्डकी युथा तथा खेलकुद मन्त्रालयबाट १२ लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो।

‘आउटडोर म्याट विछ्याउन २० लाख रुपैयाँ खर्च लाग्यो,’ उनको भनाई थियो। प्रदेश सरकारबाट १२ लाख रुपैयाँ र अन्य विभिन्न संघसंस्थाबाट ८ लाख रुपैयाँ जुटाई म्याट विछ्याइएको उनले बताए। कोर्ट अन्तर्राष्ट्रिय मापदण्ड अनुसार ४५ मिटर लम्बाई र २५ मिटर चौडाईको छ।  

ह्याण्डबल इण्डोर खेल हो। इण्डोर भएपनि नेपालमा ह्याण्डबल खेल्न इण्डोरकोर्ट सहितको हल छैनन्। अधिकांश कोर्ट आउटडोर नै छन्। पोखरामा यु–१९ अन्तर्राष्ट्रिय ह्याण्डबल प्रतियोगिता आयोजना गर्ने योजना समेत कास्की जिल्ला ह्याण्डबल संघको छ। अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धाले अर्को आउटडोर म्याट सहयोग आउने सम्भावना रहेको उल्लेख गर्दै अध्यक्ष थापाले यु–१९ अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गर्ने चुनौति रहेको बताए। ‘यु–१९ अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सकिए अर्को आउटडोर म्याट आउँछ,’ उनले भने, ‘नियमित ह्याण्डबल प्रतियोगिता आयोजना गरिने बाटुलेचौरमा भईरहेको कोर्टलाई म्याट विछ्याउन व्यवस्थापनको पहल गरिने छ।’  

१३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत पोखरामा ह्याण्डबल प्रतियोगिता आयोजना गरिएको थियो । पोखरा रंगशाला बहुउेद्दश्यीय कभर्ड हलमा म्याट विछ्याई दक्षिण एशियाली खेलकुद अन्तर्गत महिला तथा पुरुष ह्याण्डबल प्रतियोगिता सञ्चालन गरिएको थियो। पोखरामा आयोजना गरिएको ह्याण्डबलकै क्रममा आउटडोर म्याटको पहल गरिएपनि ढिला भएको उनको भनाई थियो। ‘सागकै बेलामा म्याट आउने अपेक्षा थियो । तर ढुवानीको सबै खर्च व्यवस्थापन गर्नुपर्ने भएकोले ढिला हुन पुग्यो,’ उनले भने। अध्यक्ष थापाका अनुसार दक्षिण एशियामा पाकिस्तानमा मात्रै आउटडोर म्याटसहितको कोर्ट  ।  

प्रकाशित: १८ माघ २०७८ ११:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App