खेल

आईपीएल क्रिकेट : राजस्थानविरुद्ध कोलकाताको सानदार जित, ६० रनले हरायो

आईपीएल क्रिकेटमा कप्तान इयान मोर्गनको धमाकेदार ब्याटिङ र पेट कमिङसको उत्कृष्ट बलिङले कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ६० रनले पराजित गरेको छ।

कोलकाताले जितका लागि दिएको १९२ रनको चुनौती पच्छ्याउँदै राजस्थानले २० ओभरमा ९ विकेट गुमाउँदै १३१ बनायो। कोलकाताका लागि पेट कमिङसले ४ विकेट लिए। शिवम मावी र वरुण चक्रवर्तीले दुई-दुई विकेट झारे।

कोलकाताले आईपीएलको १३ को ५४ खेलमा प्राप्त गरेको जितसैँ प्लेअफमा पुग्ने सम्भावना बोकेको छ भने राजस्थानको यात्रा सकिएको छ। यो जितसँगै कोलकाता अंक तालिकामा ८ बाट चौँथो नम्बरमा पुगेको छ।

कोलकाताका लागि इयानले ६ छक्का र ५ चौकाको मदतले ६८ रन जोडे। खेलमा उनी म्यान अफ दि म्याच भए। राहुल त्रिपाठीले ३९, शभमन गिलले ३६, आन्द्रे रसेलले २५ र पेट कमिङसले १५ रन जोडे।

 

 

प्रकाशित: १७ कार्तिक २०७७ ०१:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App