खेल

यू १९ महिला एसिया कप: पाकिस्तानविरुद्ध नेपाल बलिङमा

मलेसियामा जारी यू १९ महिला एसिया कपमा नेपालले पाकिस्तानविरुद्ध पहिला बलिङ गरिरहेको छ। १० ओभरको समाप्तिमा पाकिस्तानले ३ विकेट गुमाएर ४४ रन बनाएको छ । पूजा महतो, रचना चौधरी र रिया शर्माले समान १ विकेट लिएका छन् ।

किन्नारा ओभल क्रिकेट मैदानमा पाकिस्तानले टस जितेर पहिला ब्याटिङ रोजेपछि नेपालले बलिङ गरेको हो।

पहिलो पटक आयोजना भएको प्रतियोगिताको समूह बीमा नेपाल र पाकिस्तानसँगै भारत छन्। नेपालले आफ्नो दोस्रो खेलमा मंगलबार भारतसँग प्रतिस्पर्धा गर्नेछ। समूह ‘ए’ भने श्रीलंका, बंगलादेश र मलेसिया छन्।

एसियाबाट यु १९ महिला विश्व कपमा छनोट भएकाले नेपालले एसिया कपमा मौका पाएको हो।

प्रकाशित: १ पुस २०८१ १२:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App