खेल

भारत र बङ्गलादेशबीचको अन्तिम टी–२० आज

भारत र बङ्गलादेशबीचको तेस्रो तथा अन्तिम टी–२० खेल शनिवार हुँदैछ।

हैदराबादस्थित राजीव गान्धी इन्टरनेशनल स्टेडियममा हुने खेल साँझ ७ः१५ बजेबाट सुरु हुनेछ।

तीन टी–२० म्याचको सिरिजमाथि क्लिन स्विप गर्ने लक्ष्यसहित भारत मैदानमा उत्रने छ भने बङ्गलादेश सान्त्वना जितको खोजीमा रहनेछ।

भारतले यसअघिको पहिलो र दोस्रो म्याचमा जित निकालेर सिरिज जितिसकेको छ।

सूर्यकुमार यादवको कप्तानीमा रहेको भारतले शनिवारको खेलमा आफ्नो प्लेइङ्ग ११ मा परिवर्तन गर्न सक्ने अनुमा गरिएको छ।

प्रकाशित: २६ आश्विन २०८१ १५:२९ शनिबार

#India #Bangladesh