खेल

धोनीलाई प्रशिक्षण गरिरहेका राजीव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षक

नेपाल प्रिमियर लिग(एनपिएल) टोली पोखरा एभेन्जर्सले मुख्य प्रशिक्षकमा राजीव कुमारलाई नियुक्त गरेको छ । शुक्रवार भारतका राजीव कुमारलाई आगामी लिगको लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । कुमारले इन्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नई सुपर किङ्सको प्रतिनिधित्व गरिरहेका छन् । उनी चेन्नई सुपर किङ्सका ब्याटिङ र फिल्डिङ प्रशिक्षक हुन् । 

राजीवले भारतका पूर्व कप्तान महेन्द्रसिंह धोनीसँगै क्रिजमा बिताएका  थिए ।  सन् २००३ मा बिदर्भ ट्रफीमा बिहार र झारखण्डको लागि  धोनी र कुमार दुवैले सँगै क्रिकेट खेलेका थिए । राजीवको कप्तानीमा धोनीले क्रिकेट खेलेका छन्। हाल उनी चेन्नई सुपर किङ्समा धोनीलाई कोचिङ गरिरहेका छन्। चेन्नईको कप्तानमा धोनी रहँदा कुमार भने प्रशिक्षकको भूमिकामा अझै छन् ।

पोखरा एभन्जर्सका मालिक सुबोध त्रिपाठीले कुमारलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेपछि बधाई दिँदै कार्यकालको शुभकामना दिए ।नियुक्तपछि कुमारले नयाँ यात्राको लागि खुसी भएको र नेपाल आउन उत्साहित रहेको प्रतिक्रिया दिएका छन् ।

पोखराको मार्कीमा नेपाल राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल रहेका छन् । एनपिएल १५ मंसिरबाट ६ पुससम्म हुँदै छ ।

प्रकाशित: २६ आश्विन २०८१ १२:१९ शनिबार

NPL Rajib Kumar Pokhara Avanger #Nepali Cricket