राजनीति

संविधान संशोधन दुई दलले मात्रै सम्भव छैन, इगो बिर्सिएर सबै दल एक ठाउँमा आउनुस्: पर्यटन मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले  संविधान संशोधन दुई दलले मात्रै गरेर सम्भव नहुने बताएका छन्।बुधवार काठमाडौंमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको संविधान र संस्कृति विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो कुराको जानकारी गराएका हुन।

मन्त्री पाण्डेले देश गम्भीर सङ्कटमा रहेकाले नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा उभिनु परेको बताए। उनले कांग्रेस र एमाले एक ठाउँमा उभिनुलाई राजनीतिक रुपमा मात्रै बुझ्न नहुने बताए । उनले साना दलहरूलाई खुम्च्याउने, ठुला दुई दलको सिन्डिकेट कायम गर्ने भन्ने जस्ता भ्रम फैल्याएर राजनीतिलाई कतैतिर केन्द्रित गर्ने ढंगले भ्रम फिँजाइएको बताए ।

२०८४ मा दुई दल प्रतिस्पर्धा गर्ने कुरा अवश्यम्भावी रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले आफ्नो इगोलाई बिर्सिएर देश विकासमा लाग्न सबै राजनीतिक दलहरूलाई आह्वान गरे।

देशभक्तिको स्वार्थमा सबै केन्द्रित हुन सके संविधानले बोकेको संस्कृतिको सम्मान हुने मन्त्री पाण्डेले  बताए । उनले राजनीति एउटा आदर्शको बाटो समातेर अघि बढ्नुपर्ने धारणा राखे। 

प्रकाशित: २ आश्विन २०८१ १८:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App