खेल

एरिका गुरुङ बनिन् वर्षको सर्वोत्कृष्ट महिला खेलाडी

कराँते खेलाडी एरिका गुरुङले पल्सर स्पोर्ट्स अवार्ड २०८० अन्तर्गत वर्षको सर्वोत्कृष्ट महिला खेलाडीको उपाधि जितेकी छिन् ।

शुक्रबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको अवार्ड कार्यक्रममा उनी वर्षको सर्वोत्कृष्ट महिला खेलाडी घोषित भएकी हुन् ।

एरिकाले चीनको हाङचाउमा सम्पन्न १९औं एसियाली खेलकुदमा देशका लागि ऐतिहासिक रजत पदक जितेकी थिइन् । एसियाली खेलकुदमा उनले महिला ६८ केजी तौल समूहमा रजत जितेकी थिइन।

प्रकाशित: २८ भाद्र २०८१ १९:०५ शुक्रबार

#Erika_Gurung #NSJF Sports Awards