खेल

अस्ट्रेलियाविरुद्ध पहिला ब्याटिङ्ग गर्दै नामिबिया

आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत नामिबियाले अस्ट्रेलियाविरुद्ध पहिला ब्याटिङ्ग गर्ने भएको छ।

समूह ‘बी’ अन्तर्गत अबको केहीबेरमा सुरु हुने खेलमा अस्ट्रेलियाले टस जितेर नामिबियालाई पहिला ब्याटिङ्ग गर्न निम्तो दिएको हो।

आजको खेलमा जित निकाल्दै अस्ट्रेलिया आफ्नो सुपर ८ मा पुग्ने सम्भावनालाई बलियो बनाउन चाहन्छ भने नामिबिया पनि दोस्रा जितको खोजीमा रहने छ।

हालसम्म २ खेल खेलेको अस्ट्रेलियाले दुबै खेलमा जित निकालेर समूहको दोस्रो स्थानमा छ भने नामिबियाले २ खेल मध्ये १ मा मात्रै जित निकालेको छ।

प्रकाशित: ३० जेष्ठ २०८१ ०६:१२ बुधबार

#T20 World Cup #namibia #australia