खेल

अष्ट्रेलियाको लगातार दोस्रो जित

आइसिसी टी–२० विश्वकप क्रिकेटमा अष्ट्रेलियाले लगातार दोस्रो जित हात पारेको छ।  समूह ‘बी’ अन्तर्गत भएको खेलमा इङ्ल्याण्डलाई ३६ रनले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो।

बार्बाडसमा गयराति सम्पन्न खेलमा टस हारेर पहिला ब्याटिङ्ग गर्ने मौका पाएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०१ रन बनायो।

अष्ट्रेलियाका लागि डेविड वार्नरले सर्वाधिक ३९ रनको योगदान दि एभने ट्रेभिस हेडले ३४ रन बनाए। त्यस्तै कप्तान मिचेल मार्सले ३५ रन बनाउँदा ग्लेन म्याक्सवेले २८ र मार्कस स्टोइनिसले ३० रन बनाए।

यता २०२ रनको विजयी लक्ष्य पछ्याएको इङ्ल्यान्ड २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ६५ रन मात्रै बनाउन सक्यो।

इङ्ल्यान्डका लागि कप्तान जोस बटलरले सर्वाधिक ४२ रनको योगदान दिए। फिल साल्टले ३७ रन बनाउँदा मोइन अलीले २५, ह्यारी ब्रुकले २०, लियाम लिभिङ्गस्टोनले १५, विल ज्याक्सले १० तथा जोनी बेयरस्टो ७ रन बनाए।

अष्ट्रेलियाका प्याट कमिन्स र एडम जाम्पाले समान दुई–दुई विकेट लिए। यससँगै अष्ट्रेलियाले दुई खेलमा चार अङ्क जोडेको छ भने पराजित इङ्ल्यान्डले १ अङ्क जोडेको छ।

प्रकाशित: २७ जेष्ठ २०८१ ०८:४१ आइतबार

#australia #england #T20 World Cup