क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अमेरिकाले फेरि पनि अस्वीकार गरेको छ।
बिहीबार साढे ४ बजे अन्तर्वार्ताका लागि अमेरिकी दूतावास गएका लामिछानेलाई पुनः भिसा दिन अस्वीकार गरेको हो।
लामिछानेले टी-२० विश्वकप क्रिकेट खेल्न दिएको आवेदन यसअघि पनि अस्वीकार भएको थियो। उनको भिसा अस्वीकार भएपछि खेलकुद मन्त्रालय र परराष्ट्र मन्त्रालयले दूतावाससँग समन्वय गरिरहेको थियो। त्यसपछि दूतावासले आज लामिछानेलाई अन्तर्वार्ताका लागि बोलाएको थियो।
प्रकाशित: १७ जेष्ठ २०८१ १७:१४ बिहीबार