खेल

फुटबलका चर्चित खेलाडी डिडियर ड्रोग्बा डिसेम्बर पहिलो साता नेपाल आउने

फुटबलका चर्चित खेलाडी डिडियर ड्रोग्बा नेपाल आउने भएका छन्। आजबाट सुरु हुन लागेको नेपाल सुपर लिग (एनएसएल) लाई साथ दिन ड्रोग्बा नेपाल आउन लागेका हुन्।

चेल्सीबाट नाम कमाएका ड्रोग्बा डिसेम्बर पहिलो सातासम्म नेपाल आउने नेपाल सुपर लिग व्यवस्थापन टिमका सदस्य सुदिप शर्माले बताए। 

उनले नेपाली खेलाडीको हौसला बढाउन तथा लिगलाई साथ ड्रोग्बा नेपाल आउन लागेको बताए। उनले भने, ‘ड्रोग्बा नेपाल आउने निश्चित नै हो। तर, डिसेम्बर पहिलो सातासम्म मात्रै उनी नेपाल आइपुग्छन्।’

ड्रोग्बाको नेपाल आउने खबरले उनका समर्थकहरू उत्साहित छन्।  

यसअघि कात्तिक २३ मा नेपाल सुपर लिगले एक विज्ञप्ति जारी गर्दै भनेको थियो, ‘नेपाल सुपर लिग घोषणा गर्न चाहन्छ कि फुटबल लिजेन्ड, डिडियर ड्रोग्बा नेपाल सुपर लिगको आगामी सिजनको लागि आफ्नो उपस्थितिको साथ नेपाललाई अनुग्रहित गर्न तयार छन्।’

एनएसएलको हिस्सा बन्नुअघि ड्रोग्बाले डिडिएर ड्रोग्बा फाउण्डेशनमार्फत नेपाल सुपर लिगसँगको साझेदारीमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरिसकेका छन्।  

प्रकाशित: ८ मंसिर २०८० ०३:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App