खेल

भारत र पाकिस्तानबिच खेल जारी, पाकिस्तान पहिला व्याटिङ गर्दै

विश्वकप क्रिकेट अन्र्तगत अहिले भारत र पाकिस्तानबिच खेल भइरहेको छ।  

नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा भइरहेको  खेलमा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेपछि पाकिस्तान पहिला व्याटिङमा उत्रेको छ।  

ताजास्थीतीमा पाकिस्तानले  २ ओभरमा कुनै विकेट नगुमाएर १६ रन बनाएको छ । पाकिस्तानका लागि अब्दुल्लाह शफ़ीक़ र इमाम उल हक़ क्रिजमा छन् ।अब्दुल्लाह शफ़ीक़ ४  तथा इमाम उल हक़ १२ रन बनाएर खेलिरहेका छन ।  जारी विश्वकप क्रिकेटमा दुवैको यो तेस्रो खेल हो।यस अघि दुवैले लगातार दुवै खेल जितेका छन। अंक तालिकामा भारत तेस्रो तथा पाकिस्तान चौथो स्थानमा रहेका छन।

५० ओभरको विश्वकप क्रिकेटमा यी दुई विच अहिलेसम्म ७ पटक प्रतिस्पर्धा भएको छ । सातै पटक भारतले पाकिस्तानलाई हराएको छ । टी २० विश्वकपमा पनि यी दुई सातै पटक आमने सामने भएका छन । ५ पटक भारतले खेल आफ्नो पक्षमा पारेको छ भने एक पटक पाकिस्तानले भारतलाई हराएको छ। एक पटक भने खेल बराबरीमा सकिएको छ। विश्वकप क्रिकेटमा भारतले दुई पटक उपाधि जितेको छ भने पाकिस्तानले एक पटक उपाधि हात पारको छ ।

एक दिवसीय खेलमा भारत र पाकिस्तान विच अहिले सम्म १३४ पटक प्रतिस्पर्धा भएको छ। पाकिस्तानले ७३ पटक खेल जित्दा भारतले ५६ पटक पाकिस्तानलाई पराजित गरेको छ भने ५ पटक खेल बराबरीमा सकिएको छ । त्यसैगरी टी २०मा १२ पटक प्रतिस्पर्धा हुँदा भारतले ९ तथा पाकिस्तानले ३ पटक खेल जितेका छन। त्यसैगरी टेस्ट क्रिकेटमा अहिले सम्म भारत र पाकिस्तान विच ५९ पटक खेल भएको छ । १२ पटक पाकिस्तानले भारतलाई हराएको छ भने भारतले ९ पटक खेल जितेको छ। त्यसैगरी ३८ पटक खेल बराबरीमा सकिएको थियो।

प्रकाशित: २७ आश्विन २०८० ०८:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App