खेल

वादोरियोमा केसीकै निरन्तरता

नेपाल वादोरियो कराते डो संघको तेस्रो केन्द्रीय महाधिवेशनले हरिशरण केसीलाई अध्यक्षमा निरन्तरता दिँदै १७ सदस्यीय केन्द्रीय कार्यसमिति बुधवार सर्वसम्मत चयन गरेको छ।

वरिष्ठ उपाध्यक्षमा तेजेन्द्र गुरुङ, उपाध्यक्षमा पुरुषोत्तम भण्डारी, दिपेन्द्र विष्ट, सरितादेवी शर्मा र यादवलाल श्रेष्ठ, महासचिव प्रतिक्षा श्रेष्ठ, सचिवमा श्यामचन्द्र श्रेष्ठ तथा कोषाध्यक्षमा पुरुषोत्तम पोखरेल रहेका छन्।

सिमोन खत्री, राजु अधिकारी, लक्ष्मणराज बराल, सुजन नेपाल, निश्चल हिराचन, विनोद कार्की, लक्ष्मी रिजाल शर्मा र ऋष्मा पोखरेल सदस्यमा चयन भए।साधारण सभाको युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले एक कार्यक्रमबिच उद्घाटन गरे।

प्रकाशित: २७ असार २०८० १३:४९ बुधबार

वादोरियोमा केसीकै निरन्तरता