खेल

वर्षा रोकिएपछि पुनः सुरु भयो नेपाल र कुवेतबीचको खेल, ओभर घटाइयाे

वर्षा कारण एसिसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल र कुवेतबीचको सेमिफाइनल खेल पुनः सुरु भएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा वर्षा रोकिएपछि खेल पुनः सुचारु भएको हो।

खेललाइ ४२ ओभरमा झारिएकाे छ। नेपालले २३.२ ओभरमा ३ विकेटको क्षतिमा १४१ रन बनाउदा रोकिएको थियो। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि ताजा अवस्थामा रोहित पौडेल ३० रन र कुशल मल्ल ३२ रन बनाएर खेलिरहेका छन्।  

त्यसअघि ओपनरद्वय कुशल भुर्तेल ४३ रन र आसिफ शेख ३१ रन बनाएर आउट भए। दुबैलाई कुवेतका अदनन् इद्रिसले शिकार बनाए भने भीम सार्कीले एक रन मात्र जोड्दा मोहम्मद अस्लमले आउट गरे।  

प्रकाशित: १६ वैशाख २०८० ०७:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App