खेल

एकायन करातेमा अरूणलाई स्वर्ण

अरूण लामाले छैटौं अन्तरविद्यालय एकायन कराते प्रतियोगितामा स्वर्ण जितेका छन्।

काठमाडौं महानगरपालिका–२० स्थित शान्ति निकुञ्ज माध्यमिक विद्यालयमा शुक्रबार सम्पन्न प्रतियोगिताको पुरुष २० केजी तौलसमूहमा अरूणले फाइनलमा मानिस परियारलाई हराउँदै स्वर्ण जिते। यो समूहमा एलिस खत्रीले कांस्य पदकमा चित्त बुझाए। नेपाल एकायन कराते संघ कंकेश्वरी शाखाको आयोजनामा भएको प्रतियोगिताको ३० केजी तौलसमूहमा प्रवीण श्रेष्ठले स्वर्ण जित्दा ईशान सापकोटा रजत पदकमा खुम्चिए। यो तौलसमूहमा साइनल भुजेल तेस्रो रहे।

प्रतियोगितामा महिला र पुरुष गरी कुल १० समूहमा प्रतिस्पर्धा भएको थियो। पुरुषकै ३५ केजी समूहतर्फ आकाश नेपाली पहिलो, अपिल तामाङ दोस्रो र रोमियो अधिकारी तेस्रो भए। ४० केजी तौलसमूहमा प्रवीन बस्नेत, रोहित अधिकारी र निर्मल कोइराला शीर्ष तीन स्थानमा रहे। ४५ केजी तौलसमूहमा सेख रिजवानले स्वर्ण, जोसेफ लामाले रजत र जगत प्रजाले कांस्य जिते। पुरुषकै ५० केजी तौलसमूहतर्फ प्रिन्स देउला प्रथम, प्रवेश गुरुङ दोस्रो र विवेक तामाङ तेस्रो भए।

त्यस्तै खुला तौलसमूहमा अधिश विक, हरिनन्द मण्डल र हेमन्त शाक्य शीर्ष तीन स्थानमा रहे। महिलाको ३५ केजीमुनि तौलसमूहतर्फ निशा तामाङले फाइनलमा खुसी धामीलाई फाइनलमा हराउँदै स्वर्ण जिते। यो समूहमा उप्साना धामी तेस्रो भइन्। महिलाकै ४९ केजी समूहमा उर्मिला कटुवालले स्वर्ण, विपना घिसिङले रजत र उर्मिला गुरुङले कांस्य पदक जिते। ४५ केजीमुनि तौलसमूहमा पूर्णिमा तामाङ, पूर्र्णिमा तामाङ र आशा गिरी शीर्ष तीनमा रहे। महिलाको ५० केजीमुनि तौलसमूहमा सरु थापामगर पहिलो भइन्।

यसै समयमा आशा तामाङ दोसो र चन्द्रिका शाही तेस्रो भएका छन्। खुलातर्फ तेजस्वी लामा पहिलो, कला राई दोस्रो र अर्चना तामाङ तेस्रो भए। विभिन्न विद्यालयका महिला र पुरुष गरी कुल एक सय २० जना खेलाडीले उक्त प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए। पदक विजेतालाई प्रतिनिधिसभा सांसद सपना राजभण्डारीले सम्मान तथा ट्रफी वितरण गरेकी थिइन्।

प्रकाशित: २ वैशाख २०८० ००:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App