खेल

आइसिसी एकदिवसीय श्रृखलामा स्टकल्याण्डविरुद्ध कुसल मल्लले पहिलो र दोश्रो विकेट झारे

आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय श्रृखला अन्र्तगत आज नेपालले   स्कटल्याण्ड विरुद्धको खेलमा पहिलो विकेट लिएको छ ।

क्रितिपुरको क्रिकेट मैदानमा विहान ९ बजे देखि सुरु भएको यो खेलमा नेपालले टस जितेर पहिला बलिङ  गर्ने निर्णय लिएको थियो । कसिलो बलिङ गरेको नेपालले आठौ ओभरमा कुसल मल्लले पहिलो विकेट लिएका छन ।स्टकलल्याडको १३ ओभर ४वल सकिदा विकेटको नोक्सानीमा ५८ रन रहेको छ । व्यक्तिगत ४ ओभर बलिङ सकाउँदा सुरुवाती बलर सोमपाल कामीले एक मेडनओभर सहित १० रनमात्र दिएका छन । त्यसैगरी करन केसीले व्यक्तिगत ३ ओभर बलिङ सकाउँदा एक मेडनओभर सहित २२ रनमात्र दिएका छन । कुसल मल्लले आफ्नो पहिलो स्पेलमै विकेट लिएका हुन । उनले स्कलल्याण्डक कप्तानरिची बेरिंग्टन लाई १९ रनमा कट एण्ड बोल्ड आउट गरे ।  

नेपाल आइसिसी विश्वकप लिग–२ च्याम्पियन स्कटल्यान्डलाई स्तब्ध पार्दै एकदिवसीय मान्यता कायमै बनाउन चाहन्छ। यस अघि पहिलो खेलमा नेपालले नामिबियालाई दुई विकेट र स्कटल्यान्डले १० विकेटले पराजित गरेका थिए। नेपालले आफ्नो एकदिवसीय इतिहासकै सर्वाधिक २ सय ८६ रन पूरा गर्दा स्कटल्यान्डले पहिलो पटक १० विकेटले जित हात पारेको थियो। नेपालको रोहित पौडेल र स्कटल्यान्डको रिची बेरिंग्टनले कप्तानी गरेका छन ।  

नेपाल २५ खेलमा ९ मा जित र १४ मा हारसहित २० अंकका साथ छैटौं स्थानमा छ।  स्कटल्यान्ड तीन खेल अगाडीनै च्याम्पियन बन्दै यसै वर्ष हुने ग्लोबल छनोटमा सोझैं छनोट भएको छ। स्कटल्यान्ड ३३ खेलमा २३ मा जित र ८ मा हारसहित ४८ अंकका साथ शीर्ष स्थानमा छ।

स्कटल्यान्डले नेपालसँग टियु मैदानमा पहिलो पटक प्रतिस्पर्धा गर्दै छ। पहिलो पटक नेपाल आएको स्कटल्यान्डले नेपालमा नामिबियाविरुद्ध डेब्यू गरेको थियो।

नेपालको प्लेइङ ११  

आसिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल ९कप्तान० सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी, गुलशन झा, करण केसी र सन्दीप लामिछाने।

प्रकाशित: ५ फाल्गुन २०७९ ०४:०५ शुक्रबार

आइसिसी एकदिवसीय श्रृखलामा स्टकल्याण्डविरुद्ध कुसल मल्लले पहिलो विकेट झारे