समाज

भक्तपुरको लामाटोलका घरघरमा निःशुल्क खानेपानी

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ९ लामोटोलका घर-घरमा निःशुल्क खानेपानी पुगेको छ। जडान खर्च र महिनाको शुल्क केही पनि नपर्ने गरी त्यहाँंका १८ घरहरुमा २४ सै घण्टा घर-घरमा खानेपानी सुविधा पुगेको हो।

खानेपानीको टयांकी निर्माण गरी पाइपलाइन विछ्याउने कार्य सम्पन्न भएपछि यहाँं यो सुविधा पुगेको हो। स्थानीयले दिनरात नभनी त्यहाँं ४० हजार लिटरको टयांकी बनाएका छन्। जंगलकोबीचमा बनाइएको टयांकीबाट तल रहेको १८ घरमै पानीको पाइपलाइन जडान छ।

आफैंले इटा, सिमेन्ट, डण्डी बोकेर बाटोबाट माथिसम्म पुर्‍याएर डकर्मीको सहयोगले उनीहरुले टयांकी बनाएका थिए। यसअघि उनीहरुले पानीको मुहानबाट टयांकीसम्म पानी पुर्‍याउन पहाडको जंगैलैजंगल भएर पाइपलाइन विस्तार गर्न कुलो बनाइ पाइपलाइन विछयाएका थिए।

स्थानीय मारसाङ तामाङ सबै कुराले दुःख भए पनि पानीमा आफूहरुको ठाउँं स्वर्ग भएको भन्दै खुशी साटिन्। यो ठाउँं भक्तपुर र काभ्रेपलान्चोकको सिमाना साँंगाबाट ठाडो उकालो जंगलै(जंगलको झण्डै डेढ घण्टाको हिडाइमा पुगिन्छ। लामाटोल पुग्न मोटरबाटो त छ तर सार्वजनिक सवारीसाधन चल्दैन।

किनकि त्यहाँं वस्ती नै छैन। जम्मा घर संख्या नै १८ वटा मात्रै छन्। १८ वटै घरमा घरघरमा २४ सैं घण्टा खानेपानी आउँंछ। स्थानीय सवनम तामाङले २४ घण्टा निःशुल्क खानेपानी पुगेपछि आफूहरु खुशीले गडगड भएको बताइन्।

कलेज पढ्नका लागि दैनिक दुई/तीन घण्टा बाटो खर्च लगाएर भक्तपुरको ख्वप कलेजमा पढ्न आउने बताउने स्मृति तामाङले पानीका लागि यसअघि त्यहाँं स्थानीयबीच झगडा हुने गरेको तर अहिले घरघरमा जाहे जति २४ सैं घण्टा पानी आउने गरेको जानकारी गराइन्।

लामाटोल खानेपानी उपभोक्ता समितिका अध्यक्ष शंकर लामाले नेपाल मजदुर किसान पार्टीबाट समानुपातिकतर्फ बागमती प्रदेश सभा सदस्य सृजना सैंजुको संसद विकास कोषबाट प्राप्त १० लाख रुपैयाँंबाट खानेपानी बन्दोवस्तको काम भएको बताए। यसका लागि ५० दिन स्थानीयले जनश्रमदान गरेको उनले बताए।

सामान सबै किनेको र डकर्मीबाहेकको बाँंकी सबै कामका लागि प्रति परिवार दैनिक एकएक जनाको हिसाबले जनश्रमदान गरेको उनले सम्झे। खानेपानी टयांकीको नेपाल मजदुर किसान पाटीृका सचिव प्रेम सुवालले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए।

प्रकाशित: ४ आश्विन २०७९ १२:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App