समाज

पुलुकिसी जात्रा हेर्न हजारौंको भीड

नगरभरि हजारौं जात्रालुहरुको सहभागीतामा बुधबार भक्तपुरमा पुलुकिसी (इन्द्रका बाहन ऐरावत हाती) जात्रा भएको छ। बाँंसलगायतबाट हात्तीको आकार दिइ बनाइएको पुलुकिसीलाई भक्तपुर नगर परिक्रमा गरी जात्रा भएको हो।

जात्रा हेर्न नगरभरिका सबैतिर हजारौंको भीड लागेको थियो। बाँंसबाट हात्ती आकार दिइ त्यसलाई हात्तीको आकृति लेखिएको सेतो कपडाले छोपेर बनाइएको पुलुकिसीभित्र मानिसले बोक्न मिल्ने गरी बनाइएको पुलुकिसीलाई नगर परिक्रमा गराइएको हो।

जात्रा हेर्न पुलुकिसी हिड्ने सबैतिरका सडकहरुमा हजारौं नगरबासीहरुको भीड लागेको थियो। यो भीड अझ विशेष गरेर चोकचोकमा बढी देखिएको थियो। टौमढी, दरबार स्क्वायर, दतात्रयलगायतका ठाउँंहरुमा विशेष भीड लागेको देखियो। ती स्थानहरुमा लगातार नलगी पुलुकिसीलाई ओहोर-दोहार गराइने भइ हेर्दा आकर्षण देखिने भएकाले ती ठाउँंहरुमा बढी भीड हुने गरेको हो।

पुलुकिसी नगर परिक्रमा गराउने क्रममा एक जना मानिसले अगाडि-अगाडि बसेर घण्टा बजाइएको थियो। घण्टा बजाउँदै पुलुकिसी आएको संकेत दिँदै नगर परिक्रमा गराइएको थियो। यो क्रममा पुलुकिसीसँंग हिडेका मानिसले अगाडि छ्वाली बालेर हिडेको थियो।

भक्तपुर नगरको लाकुलाछेंबाट सुरु भइ नगर परिक्रमा गरेर त्यही पुगेर जात्रा टुंगिने चलन छ। यो बीचमा लाकुलाछेंबाट गाइजात्राको क्रममा नगर परिक्रमा गराउने रुट भइ पूरै नगर परिक्रमा गराइन्छ। लाकुलाछेंबाट पोटरी स्क्वायर, नासमना, इटाछे, दरबार स्क्वायरको रुटमा पुलुकिसीको परिक्रमा गराइएको हुन्छ।

दरबार स्क्वायरबाट पुन बालाखू, चोछें, भोलाछें, थालाछें, सूर्यमढी हुँदै पुलुकिसीलाई दतात्रयमा ल्याइएको हुन्छ। त्यहाँंबाट पुनः इनाचो, गोल्मढी हुँदै टौमढी ल्याइ लाकुलाछेमै पुगेर जात्रा सम्पन्न गरिएको हुन्छ। यो हिसाबले जात्रा अवधि तीन/चार घण्टा भन्दा बढी सयम लागेको हुन्छ। पुलुकिसीलाई नगर परिक्रमा गराउने क्रममा पुलुकिसीको सुँडले छुवाउन नहुने जनविश्वास छ।

नगर परिक्रमा गराउँंदा सुँंडले छोएमा बिरामी हुने वा मृत्युसम्म हुने जनविश्वासका छ। तर हिजोआज उत्श्रृंखल युवाहरु त्यही सुँड समातेरै पुलुकिसीसँंगै हिड्छन्। नगर परिक्रमा गराउने क्रममा सूर्यमढीको तलातुंछी (इनार) मा पुगेपछि पानी खुवाउने चलन छ।

इतिहासविद डा. वीरेन्द्रप्रसाद कायस्थका अनुसार स्वर्गका राजा इन्द्रले पृथ्वीलोकमा बन्धक बनाइएका आफ्ना छोरा खोज्न पृथ्वीलोकमा आएर घुमेको अर्थमा यो जात्रा चलाइँदै आएको इतिहास रहेको छ। पारिजात फूल टिप्न पृथ्वीलोक आएका छोरालाई बन्धक बनाएपछि उसलाई खोजेर स्वर्गमा लैजान आफ्नो बाहन ऐरावत हातीलाई पृथ्वीमा घुम्न पठाएको किंम्वदन्ती रहेको उनले सुनाए। पुलुकिसी जात्रासँंगै भक्तपुरको इन्द्रजात्रा सम्पन्न भएको छ।

प्रकाशित: २९ भाद्र २०७९ १४:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App