समाज

कोईली नदीले बगाएको पुरुषको शव फेला

फाइल तस्बिर

कपिलवस्तुको वाणगंगा नगरपालिकाको कोइली नदी तर्ने क्रममा बगाएको पुरुषको शव फेला परेको छ। 

वनबाट निउरो साग टिपेर घर  फर्कने क्रममा एकै परिवारका ३ जनालाई नदीले बगाएको थियो। मंगलबार बिहान साढे १० बजे वडा नम्बर ९ का ३६  दिल वर्षीय कुमार सुनार , उनकी श्रीमति ३१ वर्षीया राममाया सुनार र छोरा १२ वर्षीय निरज सुनारलाई बगाएको थियो। 

बेपत्ता भएका दिल कुमारको शव बुधबार बिहान नगरपालिका वडा नम्बर ९ चौबा भन्ने स्थानमा घटना स्थलबाट ४ किमी दक्षिण नदीको किनारमा फेला परेको प्रहरी उपरिक्षक जेशी शाहले बताए। बेपत्ता भएकी राममाया सुनारलाई भने मंगलाबार साँझ नै १ किलो मिटर दक्षिण तर्फ नदीको किनारमा शव फेला पारिएको थियो। निरज सुनार भने नदीको किनारमा ५ सय मिटर दक्षिण किनारमा सकुसल भेटिएको थियो। 

बेपत्ता भएका दम्पतीको खोजी कार्यकालागि तत्कालै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी ५० जनाको उद्धार टोली घटना स्थलमा परिचालन भएका थिए। कोईली खोलामा हरेक वर्ष वर्षातको बेलामा घटना हुने गरेको स्थानीयबासी बताउँछन। पुल नहुदा घटना हुने गरेको छ। 

प्रकाशित: १८ श्रावण २०७९ ०६:४५ बुधबार

वाणगंगा नगरपालिका