समाज

कपिलवस्तुमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दो

कपिलवस्तुमा सम्बन्ध विच्छेदका मुद्दा बढदै गएका छन। नयाँ मुलुकी संहिता लागु भए यता सम्बन्ध विच्छेदका घटनामा झनै वृद्धि भएको हो। नयाँ संहिता अनुसार पुरुषले पनि सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराउन पाउने भए पछि मुद्दाको संख्या बढदै गएको हो। 

अदालतको तथ्यांक हेर्ने हो भने प्रत्येक वर्ष सम्बन्ध विच्छेदका घटना वृद्धी हुदै गएका छन्। अदालतको अनुसार गत आव २०७८/०७९ मा कुल ५ सय १२ सम्बन्ध विच्छेदका मुद्दाको लगत थियो। त्यसमध्ये ३ सय ७८ फर्छौट भई १ सय ३४ अर्को वर्षका लागि जिम्मेवारी सरेको छ। २०७७/०७८ मा २ सय ६८ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भए।  

अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा १ सय ७१ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए। कोरोना कालमा समेत सम्बन्ध विच्छेदका मुद्दामा भने कमी आएको छैन। अदालतमा दैनिक एकदुई जना सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्न आउने गरेका छन। घरको व्यवहार र खटपट सहन नसकेपछि नालिस गर्न आउनेको संख्या दैनिक बढदै गएको छ। महिलाहरु आफै वा कुनै माध्यमबाटै र पुरुषहरु अदालतसम्म पुग्ने गरेका छन्। अधिकांशको सम्बन्ध ३ देखि ५ वर्षमा टुंगिने गरेको छ । अदालतमा आएका घटनालाई विश्लेषण गर्दा १८ देखि २८ वर्षका दम्पत्ती बढी छुट्टिने गरेका छन्। कलिलै उमेरमा प्रेम विवाह गर्ने तर त्यसलाई व्यवस्थापन गर्न नसक्दा सम्बन्ध प्रगाढ नहुदै टुटने गरेको छ।

अधिकांश प्रेम विवाह गरेकाहरु नै सम्बन्ध विच्छेद गर्न आउने गरेको अदालत प्रशासनले जनाएको छ। ‘केटाले बाँडने ठूल ठूला सपना पूरा नहुदा समस्या बढीरहेको छ’ अधिबक्ता चक्रबहादुर क्षेत्रीले भने ‘युवा अवस्थामा केटा केटी यर्थाथ भन्दा भावनामा बग्छन्’। जुन कुरा पछि पूरा नहुदा पारिवारिक वेमेल उत्पन्न भई सम्बन्ध विच्छेद बढदो छ। ‘लहलहैमा विवाह गर्ने सख्या बढदो छ’ अधिवक्ता क्षेत्रीले भने कलिलोमा विवाह गर्‍यो बुझने भएपछि धेरै कुरामा असमझदारी हुन्छ। किचलो हुन थालेपछि घरेलु हिंसा र यातना बढने गरेको छ। त्यसपछि सम्बन्ध विच्छेदका लागि अदालत आउने गर्छन्।  

मादक पदार्थ सेवन गरि झैझगडा गर्ने, गरिबी र विपन्नताले बेरोजगार हुँदा पनि समस्या भएको उनी थप्छन्।  अदालतले सकेसम्म पती पत्नीबीच मेलमिलापको पहल गर्छ अदालतका श्रेष्तेदार सुमन पाण्डेले भने त्यहाँबाट समस्या समाधान नभए सम्बन्ध विच्छेदको फैसला गर्छ। सम्बन्ध विच्छेदकालागि बढी महिला आउने गरेका छन्। तर नया मुलुकी संहिता लागु भए पछि पुरुषहरुले पनि सम्बन्ध विच्छेदको मुद्दा दिने बढेका छन। ‘श्रीमान रोजगारीका लागि विदेशीनछन् अदालतका श्रैस्तेदार सुमन पाण्डेले भने उनीहरुले पठाएको पैसा जथाभावी खर्च गरेर तडकभडक देखाउदै दुरुपयोग गरेका कारण पनि सम्बन्ध विच्छेद बढदै गएको छ। आधुनिक फेसन शैली र रहनसहनको विकृति पनि हो उनले भने यस्ले श्रीमान श्रीमतिको सम्बन्ध विग्रदा अदालत ढोका घच्घचाउने बढदो छन्।’ । घर परिवारमा शरिरीक मानसिक यातना पाएका, चरम यौन शोषण दाईजो र नपुंशकताले पनि सम्बन्ध विच्छेदका कारण बनेका छन्। अन्तरजातिय प्रेम विवाह पनि सम्बन्ध विच्छेदको अर्को कारण बनेको अदालतले जनाएको छ।

प्रकाशित: १५ श्रावण २०७९ ०४:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App