समाज

सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु

भक्तपुरको सूर्यबिनायक नगरपालिका ८ आदर्शचोक नजिक बिहीबार विहान भएको दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ।

सूर्यबिनायकबाट जगातीतर्फ जाँदै गरेको बा ८९ प ७८७६ नं को पल्सर एनएस दुई सय मोटरसाइकलले जगातीबाट सूर्यबिनायकतर्फ आउँदै गरेको बा ४ ख ५२९८ नं को टिपर एक आपसमा ठक्कर खाइ दुर्घटना हुँदा मोटरसाइकलमा रहेका भक्तपुर नगरपालिका वडा नं. २ ब्यासी बस्ने वर्ष १९ का निश्चल चौगुठी र अर्का हाल नामथर वतन नखुलेको  अन्दाजी २१ वर्षका पुरुषको मृत्यु भएको हो।  

दुर्घटनापछि गम्भीर घाइते भइ तत्कालै उपचारको लागि भक्तपुर अस्पताल लगेकोमा दुबैजनाको सोही अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। मृतकहरुको शव भक्तपुर अस्पतालमा रहेको परीसरका सूचना अधिकृत राजु पाण्डेले बताए।  

दुर्घटनामा संलग्न दुबै सवारी साधन प्रहरी वृत्त जगातीको नियन्त्रणमा रहेको जनाइएको छ। टिपर चालक दोलखा मेलुङ गाउँपालिका ३ घर भइ हाल काठमाडौं सुकेधारा बस्ने वर्ष ३५ का धनबहादुर थोकर प्रहरी वृत्त जगातीको नियन्त्रणमा रहेको जनाइएको छ।

घटनाको सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: ९ असार २०७९ ०३:३५ बिहीबार