समाज

परोहा नगर प्रमुख शेख वकिललाई हृदयघात

रौतहटको परोहा नगरपालिकाका नगर प्रमुख शेख वकिललाई हृदयघात भएको छ।

शनिबार अबेर रात नगर प्रमुख वकिललाई हृदयघात भएको हो। हृदयघातको संकेत हुनासाथ नगर प्रमुख वकिललाई स्वास्थ्यकर्मीका साथ उपचारको लागि वीरगंज लगिएको थियो। नगर प्रमुख वकिललाई वीरगंजको सूर्या अस्पतालमा उपचार भइरहेको छ।

सूर्या अस्पताल वीरगंजका डा. सरोज सिंहले अबेर राति शेख वकिल नर्मल हर्ट अट्याक भएर आएको र रातिदेखि नै सघन उपचार कक्षमा राखी उपचार भइरहेको बताएका छन्। नगर प्रमुख वकिलको अवस्था बिस्तारै सामान्य हुँदै गएको डा. सिंहले जानकारी गराएका छन्।

प्रकाशित: २९ जेष्ठ २०७९ १२:३० आइतबार