समाज

छतबाट खसेर भक्तपुरमा एकजनाको मृत्यु

आफ्नै घरको पाँच तलाबाट खसेर भक्तपुरमा एकजनाको मृत्यु भएको छ।

भक्तपुर नगरपालिका वडा नं. ८ लिवालीमा बस्ने ४४ वर्षीय लक्ष्मीसुन्दर कुसाथाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। गम्भीर घाइते भई उपचारका लागि मध्यपुर अस्पताल थिमि लगेकामा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले बताए।

प्रकाशित: २० वैशाख २०७९ ०८:५७ मंगलबार