समाज

नेपाल-भारत डुबान तथा बाढी व्यवस्थापन समितिको १४औं बैठक सम्पन्न

नेपाल-भारत डुबान तथा बाढी व्यवस्थापन संयुक्त समितिको १४ औं बैठक सम्पन्न भएको छ। 

फाल्गुण २५ देखि २९ गतेसम्म नेपालमा आयोजना गरिएको कार्यक्रममा भारतको तर्फबाट गंगा बाढी नियन्त्रण आयोगका योजना सदस्य शेर सिंह र नेपालको तर्फबाट जलस्रोत तथा सिँचाई विभागका महानिर्देशक सुशील चन्द्र आचार्यको सहभागिता रहेको थियो। फाल्गुण ३० गते दुवै पक्षले बैठकको माइन्युटमा हस्ताक्षर गरेका थिए।

साे अवसरमा संयुक्त समितिले भारत–नेपाल सीमाका विभिन्न स्थानहरुको पनि स्थलगत भ्रमण गरेको छ। सीमा क्षेत्रमा बाढी, कटान तथा डुबान व्यवस्थापन गर्नु समितिको कार्यक्षेत्र भित्र पर्दछ। समितिले सीमा क्षेत्रमा पर्ने नदीहरुको व्यवस्थापनका लागि प्रस्ताव गरिएका नवोदित कार्यस्थलको स्थलगत भ्रमण गरेको थियो।

प्रकाशित: १ चैत्र २०७८ १२:३४ मंगलबार