समाज

भीरबाट लडेर मृत्यु

बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

सिगास गाउँपालिका–८ लेककी २६ वर्षीया जानकी ऐरको भिरबाट लडेर मृत्यु भएको शिवलिङ्ग प्रहरी चौकीले जनाएको छ। घर नजिकैको भीरमा घाँस काट्न गएकी ऐरको बिहीबार बिहान लडेर मृत्यु भएको हो।

यस्तै दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ खालिडाँडाका करिब ४५ वर्षीय गजेन्द्रसिंह धामीको भिरबुधबार लडेर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

धामीको खरफागला फडानी गर्ने क्रममा बुधबार लडेर मृत्यु भएको उनका आफन्तले जानकारी दिए। धामी करिब एक सय मिटर तल खोलामा मृत अवस्थामा भेटिएका थिए।

प्रकाशित: १ पुस २०७८ ११:२० बिहीबार

सिगास गाउँपालिका