समाज

फरार ११ जना प्रतिवादी पक्राउ

मोरङको रंगेली र सुनबर्षी नगरपालिका क्षेत्रका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरु विभिन्न मुद्दामा फरार प्रतिवादीको सूचिमा रहेकाले पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ।  

इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले कुटपिट, लुटपाट र सवारी ज्यान मुद्दामा अदालतले दोषी ठहर गरे पनि फरार रहेकालाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए। अदालतको फैसलाअनुसार कैद सजाय र जरिवाना भुक्तान नगरिकन भागिरहेको पाइएपछि पक्राउ उनले बताए।  

पक्राउ पर्नेमध्ये १० जना कुटपिट एवं लुटपाट र एक जना सवारी ज्यान मुद्दाका फरार प्रतिवादी रहेका छन्। पक्राउ परेका ११ जनालाई शुक्रबार जिल्ला अदालत मोरङमा पेस गरिएको डिएसपी श्रेष्ठले जानकारी दिए।  

मोरङको सुनवर्षी नगरपालिका–६ का ५३ वर्षीय रमेश भुजेल, २३ वर्षीय सुरज भुजेल, ५८ वर्षीय उसमान मियाँ, २८ वर्षीय रमजान मियाँ, ४८ वर्षीय अञ्जु खातुन, ४८ वर्षीय उवारन खातुन, ३० वर्षीय अब्बास मियाँ, २७ वर्षीय फुच्चे मियाँ, ३१ वर्षीय कैलु मियाँ र ३५ वर्षीय सहजवी खातुन पक्राउ परेका छन्। उनीहरुलाई मोरङ जिल्ला अदालतले २०७३ असार १२ गते कुटपिट एवं लुटपाट मुद्दामा दोषी ठहर गरेको थियो।  

त्यस्तै सवारी ज्यान मुद्दामा मोरङ अदालतबाट २०७० पुस १४ गते कैद र जरिवानाको फैसला सुनाएको हो। ५ महिना कैद र ५ हजार रूपैयाँ जरिवानाको फैसला भए पनि फरार रहेका रंगेली–२ का ३५ वर्षीय सत्यलाल उरावलाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रकाशित: २ आश्विन २०७८ ०९:१८ शनिबार

इलाका प्रहरी कार्यालय पक्राउ