जुम्लाको तातोपानी गाउँपालिका ७ ताम्ती गाउँका तीन जनाको पहिरोमा परेर मृत्यु भएको छ । सेतक चिनी कोरेर पाटनबाट घर फर्कदै गरेका एक महिलासहित दुई पुरुषको मृत्यु भएको हो । सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाइले पहिरोमा परेर मृत्यु भएको खबर आइपुगे पनि विस्तृत विवरण आउन नसकेको बताए । उनले भने,’फोन सम्पर्क गर्ने प्रयास भइरहेको छ । फोन लाग्न सकेको छैन ।’
घटनास्थल तिर वडाध्यक्षको टोली गइरहेको उनले बताए । जडिबुटी कोर्न गएका रहेछन, तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले फर्कने बेला पानीले बगाएको होकी, पहिरोमा परेका हुन एकीन जानकारी आउन नसकेको बताए । उनले भने,‘तीन जनाको मृत्यु भएको सत्य हो । तर नाम ठेगना आइपुगेको छैन, फोन लागेको छैन । हिलो चारबजे तिर आए । हिजो अबेर सम्म खोजी गरे । तर भेटाएनन । विहान मात्रै पहिरोमा परेको जानकारी भएको छ ।'
उनले वडाध्यक्षसहितको टोली घटनास्थल पुगेपछि मात्र विस्तृत जानकारी आउने बताए ।
प्रकाशित: २९ श्रावण २०७८ १५:२२ शुक्रबार