समाज

१९२० संक्रमित थपिँदा ३००७ जना संक्रमणमुक्त, ३४ को मृत्यु

पछिल्लो २४ घण्टामा थप १९ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार जनामा गरिएको पीसीआर परीक्षणमा १३ सय ५३ र ३८ सय ३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जना गरी १९ सय २० जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ३ हजार ७ रहेको छ। संक्रमणका कारण ३४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: १३ असार २०७८ ११:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App